![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1FJT0g7U09yxVy8Md58rAkTsoc3arrTU8ODxqzJp0PDoALfVmgAmYoF9nyWm-owj5faX_Svp8OjfTEggNM3p0UWgubY3sbeTMZMK7f7NKfnTrIaWSNWMkb4HjgVXYsw7RAyed9KFHSVw/s640/WhatsApp+Image+2019-09-18+at+7.48.01+PM.jpeg)
बीरगंज । विश्व हिन्दू परिषद नेपालको सन्त मार्गदर्शन मण्डलद्वारा एक दिवसीय सन्त–पुजारी भेला सम्पन्न गरिएको छ । भाद्र २७ गते शुक्रबार बीरगंज स्थित कुमु प्यालेसको हभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।
परिषदका सन्तमार्ग दर्शक मण्डलका सह-संयोजक सेवक श्री सौरभनाथ ज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दू परिषद नेपालका संगठन मन्त्री श्री प्रल्हाद कुमार, विशिष्ट अतिथि राष्ट्रिय सदस्य श्री ओम प्रकाश सिकारिया तथा अतिथिगण धर्म जागरण विहार प्रान्त टोलीका सदस्य श्रीकान्तमणी त्रिपाठी, राष्ट्रिय संत प्रमुख श्री युगल किशोर तिवारी एवं संत मार्गदर्शक मण्डल सदस्य बाबा बजरंगी दास जी महाराजको उपस्थिति रहेको थियो । साथै स्थानीय साधु, सन्त तथा पुजारी लगायत विहिपका कार्यकर्ताहरु समेत गरी करिब १५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन २ नम्बर प्रदेश संगठन मंत्री श्री धनुषधारी पाण्डेयले गर्नुभएको थियो। बाबा बजरङ्गी दासज्यूको विशेष सकृयता र सहयोग मा कार्यक्रम सफल भएको थियोे ।
भेलामा हिन्दू राष्ट्र पुर्नस्थापना, मठ मन्दिर संरक्षण, स्वधर्म संस्कृति संरक्षण, गौ हत्या, आतंकवाद, धर्मान्तरण, जस्ता विविध विषयहरुमा केन्द्रित रहेको थियो । हालै सुर्खेतमा निर्ममतापूर्वक हत्या गरिएको गोबंशको लागि १ मिनेट मौन ध्यान गरिएको थियो।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgppOSthIIBvsuB5xJ4VGyszH_rgDMUW8zeMXaqEIiyBm8uYwrDvd-UC3ogHPXwc6i3191xPUv9EpP0j21Ny_wNqelptnG4v6sVpEk7Zz7U19nprj7uG7XKNovyT-_JFIAb9hHxAwa7uYc/s640/WhatsApp+Image+2019-09-18+at+7.47.58+PM.jpeg)
भेलामा आफ्नो मन्तव्य राख्दै श्री प्रल्हाद कुमारले हिन्दुत्व विरुद्ध इसाई, ईस्लाम तथा कम्युनिष्टद्वारा चलिरहेको विश्व व्यापी षडयन्त्रबारे सचेत गराउनु भयो । मन्तव्य कै क्रममा श्री ओम प्रकाश सिकारिया ज्यूले मन्दिर समग्र समाज कै कल्याण गर्ने केन्द्रको रुपमा रहनुका साथै समाजको लागि सदैव कल्याणकारी भूमिका निर्वाह गर्न तत्पर रहेको हुन्छ, वहाँले बताउनु भयो ।
आफ्नो धारणा राख्नु हुदै श्रीकान्तमणी त्रिपाठीज्यूले सन्त पुजारीको समाज प्रतिको दायित्व र समाजको सन्तप्रतिको कर्तव्यबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा महासचिव श्री जीतेन्द्र कुमार सिंहले सुर्खेतमा भएको गौहत्या सम्बन्धमा आक्रोशित हुदै विज्ञानको दृष्टिकोणले विशेष महत्व बोकेको गाई नेपालको राष्ट्रिय पशु तथा विश्वभरका हिन्दूहरुको आस्थासंग जोडिएको भएता पनि राज्यपक्षद्वारा गौबंशको पूर्णसुरक्षा नगरिनुु दुर्भाग्यपूर्ण रहेको बताउनु भयो।
सन्त–पुजारी भेला मार्फत निम्न प्रकार प्रस्तावहरुमाथि छलफल गरिएको थियो ।
प्रस्ताव
१) हिन्दवः सोदराः सर्वे, न हिन्दू पतितो भवेत् । यो भाव हामी सबै आफुमा विकसित गर्ने संकल्प गर्दछौ । सबै हिन्दू एउटै आमाको सन्तान सरह सहोदर दाजू–भाई हुन । हामीमा कोही दलित या पतित हुँदैन । हामी सबै हिन्दू प्रति समान समान दृष्टी राख्ने छौं र जातिगत आधारमा कुनै ऊंचनीच गर्ने छैनौ । मन्दिर र पूजा स्थलमा जातिगत आधारमा कसै प्रति असमान व्यवहार गर्ने छैनौ ।
२) मम दीक्षा हिन्दू रक्षा, मम मन्त्र समानता ।। यो भाव हामी सबै आफुमा विकसित गर्ने संकल्प गर्दछौ । हिन्दुत्वको रक्षा मेरो दीक्षा हो र समानता हाम्रो मन्त्र हुने छ ।
३) हामी समाजमा महिलाको सशक्तिकरणको लागी सतत रूपले प्रयत्नशील रहने छौ । महिलाहरू प्रति उच्च सम्मान र आदरको भाव राख्ने छौं । कुनै पनि हिन्दुको चेली–बेटीलाई लवजिहादबाट जोगाउन हर सम्भव प्रयत्न गर्ने छौं ।
४) पर्यावरण रक्षाको लागी हामी सबै प्रयत्नशील रहने छौं । नदी नाला फोहर गर्ने छैनौ. बढ़ी से बढ़ी संख्यामा वृक्षारोपण गर्ने छौं । प्लास्टिकको प्रयोग निरुत्साहित गर्ने छौं । नदी–नाला, कुआ र पोखरीको संरक्षण गर्ने छौ।
५) “हिन्दू परिवार” को अवधारणालाई संरक्षित गर्ने छौं । छोरा–छोरीले माता–पिता प्रति सम्मानको भाव राख्ने, माता–पिताले छोरा–छोरी प्रति स्नेह राख्ने, भाईहरुले आफु बीच प्रेम राख्ने गरी परस्पर सहयोगको भाव विकसित गर्ने छौं । अर्चक पुरोहित र पण्डित जि हरुलाई प्रत्येक घरमा पूजा, कर्मकाण्ड र अनुष्ठानको लागि जादा स्वधर्म , संस्कार को महत्व र सामाजिक रूपमा हिन्दू चेलिबेटी र नव युवा पुस्तामा आईरहेको षड्यन्त्र को अवगत गराउने । माता पिता सग र छोरा छोरी लाई अलग अलग राखेर बुझाउने प्रयास गर्ने ।
६) मन्दिर र पूजा अनुष्ठानमा धनी र गरीब संग समान व्यवहार गर्ने छौं ।
७) आफ्नो क्षेत्रमा लोभ लालच दिएर धर्मांतरण गराउने चर्चको प्रयासलाई निस्तेज गर्न हरसम्भव प्रयास गर्ने संकल्प गर्दछौ । विभिन्न स्थानमा हुने यज्ञ र सप्ताहा कथा प्रवचनको समयमा मा धर्मान्तरित भएका आफ्ना दाजुभाई दिदिबहिनीलाई सम्पर्क गर्न लगाई सहज र सरलिकृत सुद्धिकरण गराई स्वधर्ममा ल्याउने । अथवा घर वापिस को कार्य गराउने । समाजलाई पनि घरवापस भएका सग समान सम्मान र उचित सहज व्यवहारको लागि आग्रह गर्ने ।
८) संत र पुजारीको रूपमा समाजको शोषित उपेक्षित र दुखीहरुको समस्या समाधान गर्न तत्पर रहने छौं. हिन्दू धर्म माथी भई रहेको षड्यंत्र प्रति समाजलाई जागरूक गराउँदै सो संग मुकाबिला गर्ने उत्प्रेरित गर्ने छौं ।
९) मठमन्दिरहरुको सम्पतिलाई सरकारीकरण र निजीकरणबाट जोगाउने हरसम्भव प्रयत्न गर्ने छौं ।
१०) गौ हत्या र गोवंश तस्करी रोक्ने छौ ।
११) संस्कृत शिक्षा र भाषाको संरक्षण र प्रबर्द्धन गर्ने छौ । कर्मकांड गर्ने अर्चक पुजारी जी हरूले अनिवार्य रूपले विधिवत पद्धति बाट संस्कृत गुरुकुलबाट शिक्षा प्राप्त गर्ने परिपाटी विकसित गर्ने प्रयास गर्ने छौ ।