भाष्कर्याचार्य
यो संसारमा पृथ्वीको गुरुत्वआकर्षण शक्ति पत्ता लगाउने श्रेय न्युटनलाई दिइन्छ। तर निकै कम मानिसलाई थाहा छ ऋषि भाष्कराचार्यले न्युटन भन्दा सयौं वर्ष पहिले उजागर गरिसकेका थिए। भाष्कराचार्यले आफ्नो किताब ‘सिद्धान्तशिरोमणि’ ग्रन्थमा गुरुत्वाकर्षणका बारेमा लेखेका छन्। उनले लेखेका छ्न( पृथ्वीले विशिष्ट शक्तिले आकाशिय पदार्थालाई आफु तिर तान्छ। यही कारणले आकाशमाबाट वस्तुहरु पृथ्वीतिर खस्दछन् ।’
ऋषि भारद्धाज
आधुनिक विज्ञानका अनुसार राइट दाजुभाइलाई विमान आविष्कारको श्रेय जान्छ तर हिन्दु धर्मशास्त्रका अनुसार ऋषि भारद्धाजले विमानशास्त्रद्धारा वायुयान गायब गर्ने असाधारण विचार देखि एउटा ग्रह देखि अर्को ग्रह जानेसम्मका रहस्यबाट पर्दा उठाइसकेका थिए । त्यसैले ऋषि भारद्धाजलई वायुयानका आविष्कारक भनिन्छ ।
आचार्य कणाद
कणादले परमाणुको अवधाराणका जनक मानिन्छ। वैज्ञानिक जोन डाल्टन भन्दा हजारौ वर्ष पहिले कणादले पदार्थमा हुने परमाणुका बारेमा बोलेका थिए। उनी कुनै कामले घर बाहिर जाँदा फर्केन बेलामा बाटामा बेटिएका अन्नहरु जम्मा गर्दै ल्याउँथे र त्यसैले जीवन यापन गर्थै। त्यसैले उनको नाम कणाद भएको थियो ।
गर्ग मुनि
गर्ग मुनि तारामण्डलका जानकार मानिन्छन्। उनले तारा र ग्रहको अध्ययनका आधारमा श्रीकृष्ण र अर्जुनका बारेमा भविष्यवाणी गरेका कुरा मिलेका थिए ।
ऋषि विश्वामित्र
आजकल चर्चामा रहेका क्षेप्यास्त्र (मिसाईल) ऋषि विश्वामित्रले उहिल्यै तयार पारेका थिए। ऋषि बन्नु भन्दा पहिले विश्वामित्र क्षेत्रि थिए। ऋषि वशिष्ठबाट कामधेनु गाइका लागि भएको युद्धामा पराजित भएपछी उनी तपस्पी भए। उनले भगवान शिवको तपस्या गरेर अस्त्र विद्या पाएका थिए। त्यही विद्याको प्रयोग गरेर उनले आजकल मिसाइल भनिने क्षेप्यास्तरको खोजी गरेका थिए। अप्सरा मेनकाबाट मोहित भएर तपस्या भंग गरेका कारण पनि उनि प्रसिद्ध छन्।
आचार्य चरक
चरकसंहिता जस्ता महत्वपुर्ण आयुर्वेद ग्रन्थको रचना गरेका आचार्य चरक आर्युवेद विशेषज्ञ तथा छाला चिकित्सक मानिन्छन्। आचार्य चरकले आजकल ज्यादा प्रभावित पारेका रोगहरु डायबटिज, हृदयरोग,क्षय रोगको उपचारको जानकारी पहिले उजागर गरेका थिए ।
महर्षि सुश्रुत
सुश्रुत चिकित्साविज्ञानका जनक मानिन्छन्। उनलाई यस धर्तीको पहिलो सर्जन अर्थात शल्यचिकित्सक मानिन्छ। महर्षि सुश्रुतले लेखेको ‘सुश्रुतसंहिता’ ग्रन्थमा शल्य चिकित्साका बारेमा कयौं महत्वपुर्ण कुरा विस्तारपुर्वक लेखिएको छ। सुश्रुतसंहितामा सुइ, चक्कु, चिम्टा लगायत करिब १२५ भन्दा बढि शल्यक्रिया गर्दा जरुरी औजारका नाम उल्लेख छ। यसै गरी ३०० भन्दाबढी शल्यक्रिया, त्यसभन्दा पहिले गर्नु पर्ने तयारी, उपकरणका बारेमा जानकारी दिइएको छ ।