विश्व हिन्दू परिषदका अन्तराष्ट्रिय महामन्त्री मा. श्री मिलिन्द पराण्डे |
काठमाण्डौ । विश्व हिन्दू परिषद् नेपालको पाँच दिवसीय राष्ट्रिय परिषद शिक्षा वर्ग सम्पन्न भएको छ । विश्व हिन्दू परिषद् नेपालद्वारा आयोजित सो वर्ग तनहूँ, देवघाटधाम स्थित महेश सन्यास आश्रममा पौष १ देखि ५ गते सम्म आयोजना गरिएको थियो । वर्गमा देशै भरिका जिल्ला अध्यक्ष, सचिव, कोषाध्यक्ष, आयाम प्रमुख तथा युवा परिषदका कार्यकर्ताहरूलाई बौद्धिक एवं शारीरिक विषयहरूको प्रशिक्षण दिइएको थियो ।
विश्व हिन्दू परिषदका अन्तराष्ट्रिय महामन्त्री मा. श्री मिलिन्द पराण्डेज्यूले दीप प्रज्वलन गरी वर्गको उद्घाटन गर्नु भएको थियो । उक्त उद्घाटन समारोहमा विश्व हिन्दू परिषद् नेपालका महासचिव जितेन्द्र कुमार सिंह, कोषाध्यक्ष रविन अधिकारी, उपाध्यक्ष काशिन्द्र यादव, राष्ट्रिय सदस्य श्री मुरली मनोहर चौधरी, राजन उपाध्याय, विरेन्द्र बुढाथोकी, राष्ट्रिय संगठन सचिव प्रल्हाद कुमार एवं स्थानीय व्यक्तित्वहरू लगायत शिक्षार्थी समेत गरी करिब १५० जनाको उपस्थिति रहेको थियो । वर्गको वर्गाधिकारी समाजसेवी तथा कवि श्री हिरालाल कडेंल ज्यू रहनु भएको थियो ।
जनजाती कल्याण आश्रमका संगठन सचिव श्री प्रेम थुलुङ्ग |
प्रशिक्षणका क्रममा संघ परिवारका संगठनहरुको प्रतिनिधिहरुबाट कार्यकर्ताहरुलाई बौधिक रुपमा प्रशिक्षित गरिएको थियो ।
महासचिव जितेन्द्र कुमार सिंह, विद्यार्थी परिषदका संगठन सचिव श्री नारायण ढकाल, वर्गाधिकारी श्री हिरालाल कडेंल ज्यू (बायाँबाट) |
हिन्दू स्वयंसेवक संघ नेपालका सम्पर्क प्रमुख डा. दिपक अधिकारी, प्राज्ञिक विद्यार्थी परिषद नेपालका संगठन सचिव श्री नारायण ढकाल, जनजाती कल्याण आश्रमका संगठन सचिव श्री प्रेम थुलुङ्ग तथा धर्म जागरण, बिहारका बरिष्ट कथावाचक श्री श्रीकान्तमणी त्रिपाठी ज्यूको विशेष बौधिक सत्रहरु रहेको थियो ।
|
समापन समारोहमा प्रमुख अतिथि हरिहर आश्रमका पूज्य सन्त श्री श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती तथा महेश सन्यास आश्रमका पूज्य सन्त श्री श्री १००८ श्री रमणानन्द जी महाराजको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा पूज्य सन्त श्री श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले विश्व हिन्दू परिषद नेपालका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सन्त समाज शास्त्र रक्षा गरेर सनातन हिन्दू धर्म रक्षाको लागि प्रयासरत रहेको बताउनु भयो । साथै हिन्दू समाजलाई संगठित गर्दै सनातन हिन्दू धर्म रक्षार्थ विश्व हिन्दू परिषद नेपाललाई सन्त समाजको आशिर्वाद तथा पूर्ण साथ र सहयोग रही रहने बताउनु भयो ।