कोरोना महामारीका कारण देशै भरिका मन्दिरहरुमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्ने बहानामा हाल सम्म हिन्दूहरुको आस्थाको केन्द्र मन्दिरहरुलाई हाल सम्म पनि खोल्न दिएको छैन । भगवान श्री पशुपतिनाथ मन्दिर खुला गर्न सरकारले निर्णय गरे पनि कार्यन्वयन नगरिनु चिन्ताजनक विषय हो । कोरोना कहरको आडमा हिन्दू धर्मावलम्बीहरुको चाड पर्वमा मात्र सरकारको तर्फबाट बाधा अवरोध खडा गरिनु निन्दनीय रहेको छ । गत महिना देशका विभिन्न ठाउँहरुमा मुस्लिम समुदायले हात–हथियार सहित सुसज्जित भई मुहर्रम पर्व मनाई रहदा कही कतै प्रशासनद्वारा रोकटोक गरेको देखिएको थिएन । राजनैतिक लाभका लागि सरकारद्वारा एक विशेष समुदायलाई पर्व मनाउन छुट दिईनु र बहुसंख्यक हिन्दू समुदायको आस्थालाई बेवास्ता गर्दै निर्देशन जारी गरिनु दुर्भाग्यपूर्ण रहेको छ ।
मुलुक बिस्तारै कोभिड १९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा निश्चित समयसम्म स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर देशै भरिका मठ–मन्दिरहरुमा नियमित दर्शन खुला गर्न एवं आउदै गरेको नेपालीहरुको महान पर्व दशैं, दिपावली तथा छठ पर्वको सहजताको लागि आवश्यक व्यवस्था मिलाउन हुन सरकार समक्ष विश्व हिन्दू परिषद नेपाल हार्दिक आग्रह गर्दछ ।
जय श्री राम । नेपाल आमाको जय
जितेन्द्र कुमार सिंह
(महासचिव)
९८१९१८०६१५