कार्तिक १५, कास्की । विश्व हिन्दू परिषद नेपालको परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पोखराको तालचोक स्थित कृष्ण प्रणामी आश्रममा शनिबार आयोजित उक्त परिचयात्मक भेटघाट कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका सम्भाग संघचालक ऋषिराम ज्यु, कास्की जिल्ला संघचालक डा कालु शर्मा, एकल विद्यालय अ गण्डकी प्रदेश एकल विद्यालय अभियानका प्रदेश अध्यक्ष ठाकुर बराल, कृष्ण प्रणामी आश्रम का पिठाधिश विष्णु वशिष्ठ ज्यु लगायत परिषदका राष्ट्रिय महासचिव श्री जितेन्द्र कुमार सिंह, स्थानीय पदाधिकारी, कार्यकर्ता, शुभचिन्तक एवं स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विहिपका राष्ट्रिय महासचिव श्री जितेन्द्र कुमार सिंहले नव आगन्तुक महानुभावहरु बिच संगठन परिचय सम्बन्धित बिषय राख्नु भएको थियो । परिचयात्मक कार्यक्रम पश्चात हिन्दूहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान सहित भजन कीर्तन एवं नृत्य प्रस्तुत गरिएको थियो ।
आश्रमका पिठाधिश श्री बिष्णु बशिष्ठ ज्युको मनतव्य पश्चात कार्यक्रम सम्पन्न भएको थियो ।