जनकल्याण प्रतिष्ठान (एकल विद्यालय अभियान) को विशेष निमन्त्रणाः पूजनीय दिदी माँ साध्वी ऋतम्भरा ज्यूको ऐतिहासिक नेपाल प्रवास सफलतापूर्वक सम्पन्न - Vishwa Hindu Parishad Nepal

Trending Now

Vishwa Hindu Parishad Nepal

"MAM DIKSHA HINDU RAKSHA, MAM MANTRA SAMANTA"

Post Top Ad

Sunday, March 23, 2025

जनकल्याण प्रतिष्ठान (एकल विद्यालय अभियान) को विशेष निमन्त्रणाः पूजनीय दिदी माँ साध्वी ऋतम्भरा ज्यूको ऐतिहासिक नेपाल प्रवास सफलतापूर्वक सम्पन्न



काठमाडौंमा जनकल्याण प्रतिष्ठान, राष्ट्रिय नगर महिला समितिद्वारा आयोजित विभिन्न कार्यक्रममा सुप्रसिद्ध धार्मिक र आध्यात्मिक व्यक्तित्व पूजनीय दिदी माँ साध्वी ऋतम्भरा ज्यूको ऐतिहासिक नेपाल यात्रा अत्यन्तै प्रभावकारी रह्यो ।  

– विशेष परिवार मिलन कार्यक्रम

चैत ८ गते साँझ काठमाडौंको कालिकास्थानस्थित अमृतभोग कम्प्लेक्समा आयोजित विशेष परिवार मिलन कार्यक्रम करिब २०० कार्यकर्ताहरूको उत्साहजनक सहभागितासहित सम्पन्न भयो ।  

पूजनीय दिदी माँले धर्म, संस्कार र परम्पराको महत्वमाथि प्रकाश पार्दै, आफ्ना प्रेरणादायी वचनमार्फत सहभागीहरूलाई बलियो आत्मबल र राष्ट्र सेवामा लाग्न उत्प्रेरित गर्नुभयो ।  

 – वात्सल्य वाणीको महाप्रसाद

चैत ९ गते बिहान ललितपुरस्थित डी.ए.भी. स्कूलको सभाकक्षमा वात्सल्य वाणीको महाप्रसाद कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।  

यस कार्यक्रममा करिब ७०० भन्दा बढी व्यक्तिहरूको भौतिक उपस्थिति रह्यो, जबकि अन्य धेरैजनाले प्रत्यक्ष प्रशारणमार्फत यस ऐतिहासिक पलको अनुभव गरे ।  

पूजनीय दिदी माँले धर्म र संस्कृति संरक्षणमा व्यक्तिगत समर्पणको भूमिका बारे गहन र प्रेरणादायी व्याख्यान गर्नुभयो । उहाँको वाणीले सहभागीहरूलाई धर्म, अध्यात्म र सामाजिक योगदानप्रति थप प्रेरित ग¥यो ।  

रक्तदान कार्यक्रम

यस अवसरमा, मानव कल्याण र समाजसेवाको उदाहरणस्वरूप रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । यसमा धेरैजसो सहभागीहरूले उत्साहका साथ रक्तदान गरे, जसले सहयोग र सेवा भावनालाई अझ उच्च स्तरमा प्रस्तुत ग¥यो ।  

अन्य प्रमुख गतिविधिहरू

कार्यक्रमको अर्को विशेष आकर्षण रूपमा दुई महत्वपूर्ण कार्यहरूको शुभारम्भ गरिएको थियो ः  

१. एकल अभियान नेपाल युट्युब च्यानलको उद्घाटन

   पूजनीय दिदी माँको कर–कमलबाट उद्घाटन गरिएको यस डिजिटल मञ्चले ग्रामीण क्षेत्रमा संस्कारयुक्त शिक्षा प्रदान गर्ने एकल विद्यालयका कार्यक्रमहरू एवं गतिविधिहरुको प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।  

२. माँ यशोदा योजना मोबाइल एप्लिकेसन सार्वजनिक

  एकल विद्यालय अभियान संचालनमा आवश्यक सहयोग संकलनका लागि तयार गरिएको यो एपले सेवापात्र योजनाको प्रभावकारी र पारदर्शी व्यवस्थापन सुनिश्चित गर्नेछ ।  

पूजनीय दिदी माँको नेपाल प्रवासले धर्म, संस्कृति र समाजसेवाप्रतिको उत्तरदायित्वलाई थप सशक्त बनाएको छ ।